स्वास्थ्य केन्द्र भवन एक कार्यक्रमका बिच उद्घाटन सम्पन्न |

534

धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारमा चार कोठे पक्की आधारभूत स्वास्थ्य केन्द्र भवन एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

स्वास्थ्य केन्द्र भवन निमार्ण पछि नगरको दमार सहित आसपास क्षेत्रका सर्वसाधरण लाई सहज रुपमा स्वास्थ्य उपचार सेवा पाउने भएकाछन् । ३३ लाख ६६ हजारको लागतमा निर्माण गरिएको सो भवनको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल र उप–प्रमुख मञ्जु अधिकारीले रिवन काटेर तथा सिलालेखमा राखिएको पर्दा उघारेर भवन उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नेपालले दमारसहित आसपास क्षेत्रका सर्वसाधरणका लागि गाउँमै सहज रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँन स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको बताए ।

सबै नगरबासीले सहज रुपमा स्वास्थ्य सेवा पाउँने वातावरण मिलाउँन नगरपालिका लागि परेको भन्दै मेयर नेपालले उपचार नपाएकै कारण कुनै पनि नगरबासीले मृत्युवरण गर्नु पर्ने अवस्था आउँन नदिने प्रतिवद्धता जनाए । सो आधारभूत स्वास्थ्य केन्द्रमा अहिले दुई अहेब र एक जना कार्यालय सहयोगी छन् ।

दमार आसपास क्षेत्रका सर्वसाधरण सामान्य विरामी हुँदा उपचारका लागि चानुवाको वुधवारे पुग्नुपर्ने वाध्यता थियो । अब, दमार बाटै आधारभूत स्वास्थ्य सेवा पाउँने भएपछि सो क्षेत्रका बासिन्दा लाई सहजता मिलेको छ ।

Leave a Reply