माधव नेपालको समर्थनमा के भन्छन त कार्यदलका सदस्यहरु ?

594

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका अनुसार नेताहरुले अपमान सहेर पार्टी एकता नहुने | जनसंगठनका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति अपमानपूर्ण भएको बताएका छन् |

नेपाल पक्षका कार्यदलका सदस्य र जनसंगठनका नेताहरुबीच भएको एक छलफल अनुसार जनसंगठनका नेताहरुले माधव नेपाल बिनाको पार्टी एकतामा साथ दिन नसक्ने बताए |

युवा संघका अध्यक्ष नरेश शाहीले भने , “केपी ओलीले अपमानपूर्वक ढंगले एकता गर्न खोजिको देखिन्छ । यस्तो एकता सम्भव हुन्न भन्यौं । “

उनका अनुसार छलफलमा अधिकांश जनसंगठनका नेताहरुले अध्यक्ष ओलीले पार्टी एकता नचाहेको, तर अप्ठ्यारोमा परेकाले मात्र एकताको कार्ड फालेको बताएका थिए | उनले भने, ‘बालकोटको बार्दलीबाट लगाएको आरोप, आफू पक्षका नेताहरुको बैठकबाट दिएको आममाफी जस्ता अभिव्यक्ति कायम रहेसम्म एकता हुँदैन भनेका छौं’ |

दशबुँदे सहमतिपछि युथ फोर्स ब्यूँताएर नेता माधव नेपालविरुद्ध गतिविधि गर्नुले पनि अध्यक्ष ओली एकताप्रति इमान्दार छैन भन्ने पुष्टि हुने जनसंगठनका नेताहरुले बताएका थिए ।

पार्टी उपाध्यक्ष समेत रहेका रावलले भने एकता प्रक्रियालाई बाधा पर्ने गरी गतिविधि नगर्न आग्रह गरेका छन् |

  रावलको आग्रह ‘एकताको पक्षमा इमान्दार प्रयत्न गर्नुपर्छ । अहिले दुवैतर्फ आक्रोश छ, यो शान्त हुन पनि समय लाग्छ’|

कार्यदलका अर्का सदस्य रघुजी पन्तले पनि सम्मानजनक एकता हुनेमा जनवर्गीय संगठनका नेताहरुलाई आश्वस्त पार्न खोजेका छन् | ‘माधव नेपाल बिनाको एमाले’ भन्ने ओली पक्षका नेताहरुको भनाइको अर्थ नहुने नेताहरुले बताएका छन् |

कार्यदल संयोजक एवं उपाध्यक्ष रावलले त माधव नेपाल एक्लै एकता प्रक्रियामा छुटेपनि एमाले विभाजन हुने बताएका छन् । ‘माधव नेपाल एक्लै रहनुभयो भने पनि त्यहाँ पार्टी बन्छ । हामी स्थायी कमिटीका नेताहरु मात्रै मिलेर हुँदैन’, रावलले भनेका थिए ।

Previous articleकसरी बढ्दै छ त तालिबानको सक्ति ?
Next articleस्वास्थ्य केन्द्र भवन एक कार्यक्रमका बिच उद्घाटन सम्पन्न |

Leave a Reply