वैदेशिक रोजगार विभागले २१ दिन भित्र विभागको वेभसाइट http://ferms.dofe.gov.np बाट अनलाइन फारम भर्न सकिने जनाएको छ| पहिलो चरणमा एक हजार कामदार लैजाने भनेको छ |जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लगिने जनाएको छ|
मासिक तलब लगभग एक हजार छ सय अमेरिकी डलर (एक लाख ८८ हजार भन्दा बढी नेपाली रुपैयाँ) हुने उल्लेख गरिएको छ।जसमा ओभर टाइम र सेवासुविधा इजरायली सरकारको नियमअनुसार हुने छ। काम हप्तामा छ दिन गर्नुपर्नेछ। खाने खर्च कामदार आफैँले व्यवस्था गर्नुपर्नेछ।
चाहिने`योग्यताहरु निम्नलिखित छन|
– नेपाली नागरिक २५ वर्ष देखि ४५ वर्ष नकाटेको|
-उचाई ४.९ फिट र तौल ४५ किलोग्राम माथि |
-शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धि विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको।- अंग्रेजी भाषामा दक्ष र शारीरिक रुपमा स्वास्थ्य हुनुपर्ने|