खुल्यो यस्तो रहस्य, कलाकार भीमा मैनालीका छोरा यसरी मारिएको रहेछ, सीसीटीभी फुटेज सहित

1064

छोरा कलेजवाट नआएपछि खोजी गर्न थालिन् । रातभरी उनले काठमाडौका गल्ली गल्लीमा र रेष्टुरष्टमा पसेर छोरा खोजिन् ।उनको मन डराइरहेको थियो । उनले जे नहोस् भन्ने चाहेकी थिइन् विडम्बना त्यही भैदियो । जवान छोराको रहस्यमय निधनले आमा बिचलित भएकी छन् ।बुवाले नै अघिल्लो दिन कलेज लिएर गएका थिए ।

आमा पनि कलेज पढाउने । सेण्ट जेभियरवाट इन्टर पढेर भर्खरै ब्याचलर पढ्न थालेका छोराको अचानक निधनको खबरले आमा बिचलित भएकी हुन् । उनले छोराको निधन रहस्यमय भनेकी छन् । शव हेर्दा उनको शरिरमा देखिएका चिन्हले पनि त्यही पुष्टि गर्ने बताएकी छन् ।प्रहरीले देह त्याग गरेको भनेर शव जिम्मा लगायो ।

तर आमालाई शंका लागिरह्यो छोराको निधन स्वभाविक थिएन । उनी त्यस्तो निर्णय गर्ने खालको छोरा नै थिएनन् । छोरा भएपनि उनी अभिभावक जस्ता थिए । प्रविधिमा चासो राख्ने, आमालाई घरमा सघाउने र भविष्यको सपना देख्ने छोराले कसरी यस्तो निर्णय गर्छ आमालाई विश्वास नै थिएन । आखिर उनको शंका पनि पुष्टि भयो । उनलाई पोखरा बोलाएर घटना गराएको पुष्टि हुने सीसीटीभी फुटेज सार्वजनिक भएको छ ।

तर उनको निधन हुनु अघि सम्म उनले निकै शंकास्पद गतिविधि गरेको आमाको भनाई छ ।

छोरालाई पक्कै केही डर थियो त्यसैले उसले मलाई मोवाइलमा सबै एकाउण्टको पासवर्डहरु मोवाइलमा पठाएको थियो, ताकी उसले मलाई सहयोग गरुन् भन्ने चाहन्थ्यो होला । म त्यो दिन किन त्यसरी निदाएँ आमाले दुख मनाउ गर्दै भनिन् ।

Previous articleसङ्खुवासभामा जङ्गली च्याउ खाँदा एकै घरका नौ जना बिरामी
Next articleअब कोरोना संक्रमण र मृत्यु दर घट्दै जान्छ :डा. शेरबहादुर पुन

Leave a Reply