बाग्मती किनारमै जलाउन थालियो संक्रमितको शव

611

काठमाडौंको पशुपतिस्थित बाग्मतीमा कोरोना भाइरस सङ्क्रमणबाट मुत्यु भएका शव जलाउन थालिएको छ। कोरोनाबाट मृत्यु भएका शव यसअघि विद्युतीय शवदाह गृहमा मात्र जलाइँदै आएको थियो। तर शव जलाउन पालो कुर्नुपर्ने भएपछि विद्युतीय शवदाह गृहमा समय अभावका कारण वागमती किनारमा नै शव जलाउन थालिएको हो।

उपत्यकामा कोभिडबाट मुत्यु भएका शवलाई नेपाली सेनाले पशुपतिस्थित विद्युतीय शव दाह गृहमा व्यवस्थापन गर्दै आएको थियो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ। आइतबार कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समेत समस्या हुन थालेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले हालसम्म १७६४ शवको व्यवस्थापन गरिएको जानकारी दिए।

Previous articleहालसम्मकै धेरै संक्रमित थपिए,७हजार ४ सय ४८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु
Next articleनिषेधाज्ञामा जाम देख्दा ट्राफिक नै चकित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here