हालसम्मकै धेरै संक्रमित थपिए,७हजार ४ सय ४८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु

676

 आज थप ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै धेरै संत्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।देशभर गरिएको १६ हजार ६ सय ५८ पीसीआर परीक्षणमा ७ हजार ३ सय ८८ जना र ५ सय १८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६० जना गरी कुल ७ हजार ४ सय ४८ जनाका कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।
यस्तै नेपालमा एकैदिन ३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबा मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा २ हजार १ जना डिस्चार्ज भएकाछन् । यो सँगै निको हुनेको संख्या २ लाख ८६ हजार १५ पुुग्यो ।
यस्तै देशभर ५४ हजार ४१ जना सक्रिय संक्रमित हुँदा २ सय १२ जना क्वारेन्टिमा छन् । सक्रिय संक्रमितमध्ये ५ सय ७८ जना आईसीयूमा रहँदा १ सय ४२ जना भेन्टिलेटरमा छन् ।

Previous articleगण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त
Next articleबाग्मती किनारमै जलाउन थालियो संक्रमितको शव

Leave a Reply