बङ्गाल चुनाव: ममता बनर्जी भाजपाका सुबेन्दु अधिकारीसँग पराजित

264
  • 26
    Shares

एजेन्सी । भारत पश्चिम बङ्गालको विधानसभा चुनावमा मुख्यमन्त्री ममता बनर्जी भारतीय जनता पार्टी भाजपाका नेता सुबेन्दु अधिकारीसँग पराजित भएकी छन् ।नन्दीग्रामबाट चुनाव उठेकी तृणमूल कंग्रेस टीएमजीकी नेतृ बनर्जी भाजपाका नेता अधिकारीसँग १९ सय ५६ मतले पराजित भएको बीबीसीले जनाएको छ । तर उनले भाजपाले धाँधली गरेको भन्दै अदालत जाने बताएकी छन् ।

तृणमूल कंग्रेसमा रहेका सुबेन्दु अधिकारी भाजपामा प्रवेश गरेर नन्दीग्रामबाट उठ्ने निर्णय गरेपछि मुख्यमन्त्री बनर्जी पनि त्यसैले क्षेत्रमा गएकी थिइन् । नन्दीग्रामबाट चुनाव लड्ने बनर्जीको घोषणालाई निकै जोखिमपूर्ण मानिएको थियो ।

बनर्जी आफैँले चुनाव हारे पनि तृणमूल कंग्रेसलाई भने शानदार जित दिलाएकी छन् । दुई सय ९२ सिट रहेको पश्चिम बंगालमा बनर्जीको दल तृणमूल कंग्रेसले एक सय ९६ सिटमा जितेको र १८ सीटमा अग्रता लिइरहेको चुनाव आयोगले जनाएको छ ।

भाजपाले ६५ सीट जितेको छ भने ११ सीटमा अघि रहेको छ । पश्चिम बङ्गालको चुनाव जित्न भाजपाले पूरै शक्ति लगाएको थियो । महामारीकाबीचमा पनि प्रधानमन्त्री नरेन्द्र मोदी ¥यालीमा गएकी थिइन् । भाजपाले कयौँ केन्द्रीय नेताहरुको कमाण्डमा विशेष युनिट पनि बनाएको थियो । तर पश्चिम बङ्गालको ‘ब्याटल’ नरेन्द्र मोदीले हारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply