५७ सय बढी संक्रमित, ३३ जनाको मृत्यु

404

नेपालमा कोरोना संक्रमण निरन्तर भयावह बन्दै गएको छ । आज मात्रै कोरोनाले ३३ जनाको मृत्यु भएको छ भने ५७ सय भन्दा बढी संक्रमित बनेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको हो । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ सय ७९ पुगेको छ ।

सोही समयमा १५ हजार ३९१ जनामा गरिएको पीसीआर परीक्षणमा ५६ सय ५७ र ५२५ एन्टिजेन परीक्षणमा ७० जना गरी कुल ५७ सय २७ जनामा कोरोना संक्रमण भएको छ । योसँगै अहिलेसम्म संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय २८ जना निको भएसँगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । देशभर ३८ हजार ८१३ जना सक्रिया संक्रमित छन् । जसमध्ये ३३१ जना आईसीयूमा रहँदा भेन्टिलेटरमा हुनेको संख्या ११५ छ ।

Leave a Reply