बत्ती निभाएर, बाकस साटेर प्रचण्डलाई सिराहाबाट जिताइएको खुलासा !!!

206
  • 15
    Shares

दोस्रो संविधान सभा चुनावमा पुष्पकमल दाहाल प्रचण्डलाई धाँधली गरेर सिराहाबाट जिताइएको खुलासा नेकपाका नेता लेखराज भट्टले गरेका छन्। ‘बत्ती निभाएर, बाकस साटेर उहाँलाई जिताइएको हो’– नेकपाका सुदूर पश्चिमका कार्यकर्ताहरुको राजधानीमा भएको भेलामा भट्टले सो कुरा खुलासा गरेका हुन् ।

नेकपाका प्रभावशाली नेता भट्टले भने – ‘जहिले पनि क्रमभंग, धक्का, महाविपत्ति भन्नुहुन्थ्यो । जहिले पनि उहाँले महाविपत्ति ल्याउनुहुन्छ । अहिले पनि विपत्ति ल्याउन खोजिरहनुभएको छ ।’‘उहाँहरु माइतीघर मण्डलामा जानुभयो, हामी यहाँ छौं भन्नुपर्ने अवस्था उहाँहरुलाई किन पैदा भयो ?’ भट्टले प्रश्न गर्दै भन्नुभयो– ‘अब हामीले उहाँहरुलाई खोज्न जानुपर्ने भयो । देशका कुना काप्चामा उहाँहरु कहाँकहाँ हुनहुुन्छ खोजेर ल्याउनुपर्ने दायित्व हाम्रो भएको छ ।’

त्यसै गरी भरतपुरको निर्वाचनमा मतपत्र च्यातेर हर बेहोर्नु भएका देवी ज्ञवाली ले पनि यस विषयको खुलाशा कार्यक्रम सिधा कुरा जनता संग मा खुलाउनु भएको छ |प्रचण्डले केटाकेटीले लडीबुडी खेले जसरी लडीबुडी गर्दै प्रधानमन्त्री पद माग्नुभएको भट्टले बताए । उनले भने– ‘चुनाव गराएर नेतृत्वमा आउने कुरा गर्नुहुन्न । लडीबुडी गरेर प्रधानमन्त्री पद चाहियो भन्नुहुन्छ । प्रचण्डले केटाकेटीपारा देखाउनुभयो ।’

Leave a Reply