अब केपी ओलीको आयु पुग्यो : माधव नेपाल

1302

नेकपा प्रचण्ड माधव नेपाल समुहका अध्यक्ष माधव कुमार नेपालले पुष ५ गते जनभावना विपरीत संसद विघटन गरेका प्रधानमन्त्री केपी ओली एण्ड कम्पनीको आयु अब पुगेको चेतावनी दिएका छन् । उनले ६२÷६३ सालको आन्दोलनमा राजा बिरुद्ध अब राजाको आयु पुग्यो भनेर चेतावनी दिएको स्मरण गर्दै ओलीलाई पनि यस्तै चेतावनी दिए ।राजधानीमा संसद विघटन बिरुद्ध आज भएको बिरोध र्याली पछि आयोजित सभालाई संवोधन गर्दै अध्यक्ष नेपालले संसद विघटन नेपाली जनता र आफूहरुलाई अस्वीकार्य भएको भन्दै ओलीले गणतन्त्रको आन्दोलनको पनि खिल्ली उडाएको स्मरण गराए ।


ओलीमा व्यक्तिवाद र निरंकुशता हावी भएको र कम्युनिष्टमा हुनु पर्ने गुण नभएको नेपालले आरोप लगाए । अब ओलीलाई अस्वीकार गर्नु बाहेक अरु कुनै उपाय नरहेकोमा उनले जोड दिए । वयलगाडा चढेर वासिग्टन पुगिदैन भनेर अभिव्यक्ति दिएका ओलीलाई परिवर्तन र गणतन्त्रप्रति कुनै माया नभएको पनि नेता नेपालले बताए । संघीयता, लोकतन्त्र र संविधानका बिरुद्ध ओलीले कदम चालेका कारण जनता र दलहरु सडकमा उत्रिएको नेपालले बताए । यसै गरी समाजका सबै बर्ग र तप्काहरु आन्दोलनमा उभिन शुरु गरेको उनले बताए । तेल घस्दा घस्दा बाँङगो पुच्छरलाई सोझ्याउन सकिन्छ कि भनेर कोशिस गरेको भन्दै अझै पनि आफ्नो गल्ती र कमजोरी सच्याएर आए ओलीलाई स्वागत गर्न तयार रहेको तर गलत कदम जारी राखे, भीरबाट हाम फाल्ने गोरुलाई राम राम भन्न सकिन्छ तर काँध हाल्न सकिदैन, नेपालले चेतावनी दिए ।

Previous articleओलीको ‘बयलगाडा’को सिद्धान्त मलाई थाहा थियो : प्रचण्ड
Next articleबत्ती निभाएर, बाकस साटेर प्रचण्डलाई सिराहाबाट जिताइएको खुलासा !!!

Leave a Reply