टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेका युवकको मृत्यु

516
  • 447
    Shares

दाङमा  टिकटक बनाउने क्रममा  झोलुंगे पुलबाट खसेर  गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु  भएको  छ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मृत्यु भएको हो ।

शनिबार दिउँसो करिब २ बजे बबई गाउँपालिका वडा नम्बर ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा ती युवक खसेका थिए ।शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका वडा नं. ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झोलुङ्गे पुलबाट खसेर उनी गम्भीर घाइते भएका थिए। साथीहरूसँग गाडी लिएर उनी पुरन्धारा झरनामा पिकनिक खान गएका थिए। थापा टिकटक बनाउन भन्दै बबई माथिको झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएका थिए। लामो समय झुन्डिएपछि हात गलेर उनी झन्डै २० मिटर तल बगरमा खसेका थिए।

प्रहरीका अनुसार पिकनिकमा  मदिरा सेवन गरेपछि साथीले त्यसो नगर्न आग्रह गर्दागर्दै पनि थापा टिकटक बनाउन भन्दै पुलमा झुन्डिन गएका थिए। पुलबाट खरेर  गम्भीर घाइते थापालाई उनकै साथीहरूले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि सोही दिन बेलुका सवा ६ बजे थापालाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको थियो। 

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मोहनविक्रम केसीले पिकनिक खाइसकेपछि साथीसँगै झोलुङ्गे पुलमा गएका थापाले टिकटक बनाउन भन्दै असावधानीपूर्वक सपोर्ट तारमा झुन्डिएको र पछि त्यहाँबाट आउन प्रयास गरे पनि आउन नसकेपछि हात गलेर त्यहीबाट बगरमा खसेको जानकारी दिए। उनी पुलबाट बगरमा बजारिएका थिए। उनको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चोट पटक लागेको थियो।

Leave a Reply