गलत सुइ लगाएका कारण छोरी जन्मिएपछि दम्पतीले पाए १ अर्ब १९ करोड रुपैयाँ

1068

एउटा गलत सुइका कारण छोरी जन्मिएपछि एक दम्पतीले १ अर्ब १९ करोड रुपैयाँ पाएका छन् । खासमा ती महिलालाई गर्भनिरोधक सुइ लगाउनुपर्ने थियो । तर, नर्सले लापरवाहीपूर्ण तरिकाले उनलाई कुन सुइ लगाउनुपर्ने भन्नेतर्फ गम्भीरता नदेखाइ उनलाई फ्लुको सुइ लगाइदिएकी थिइन् । गलत सुइ लगाइएपछि ती महिलाले छोरी जन्माइन् । अहिले यो दम्पतीलाई अदालतले १ करोड डलर क्षतिपूर्ति दिलाएको छ ।

सिएटल टाइम्समा प्रकाशित रिपोर्टअनुसार यी दम्पती अमेरिकाको सिएटलका हुन् । ती महिला एक सामुदायिक क्लिनिकमा गर्भनिरोधक सुई लगाउनको लागि गएकी थिइन् । तर नर्सले उनलाई फ्लुको सुइ लगाइदिइन् । गलत सुई लगाइएका कारण यो दम्पतीले छोरी जन्माए । जन्मिएकी छोरी पनि पूर्ण रुपमा स्वस्थ नभइ विकलांग थिइन् । न्यायाधीशले बालिकाको असामान्य अवस्थाको उपचार र हेरचाह, शिक्षा तथा अन्य खर्चको लागि ७५ लाख डलर दिन आदेश दिएका छन् ।

न्यायाधीशले बालिका जन्मिएपछि अहिलेसम्म उनका मातापिताले सहेको मानसिक र भावनात्मक पीडाको क्षतिपूर्तिस्वरुप बालिकाकी आमालाई १५ लाख डलर र बालिकाका पितालाई १० लाख डलर क्षतिपूर्ति दिन आदेश दिएका छन् । यो रकम उनीहरुलाई अमेरिकाको संघीय सरकारले दिनुपर्नेछ । जिल्ला न्यायाधीश रोबर्ट लस्नाइकले यो फैसला सुनाएका हुन् ।

रिपोर्टका अनुसार येसेनिआ पचेको नामकी ती महिला आमा बन्न चाहेकी थिइनन् । तर, नर्सले गलत सुई लगाइदिएका कारण उनी गर्भवती भइन् । महिलाले एक सरकारी क्लिनिकमा सुई लगाएकी थिइन् त्यसैले अमेरिकाको संघीय सरकारलाई यसको लागि जिम्मेवार मानिएको थियो । सरकारले जिम्मेवारी लिन अस्वीकार गरेपछि यो दम्पतीले ८ वर्षको कानुनी लडाइँपछि न्याय पाएको हो । येसेनिआ पचेको एल साल्भाडोरबाट शरणार्थीको रुपमा अमेरिका आएकी थिइन् ।

Previous articleचन्द्रागिरी हिल्सको IPO निस्काशन मिति तोकियो |
Next articleअनलाइन बाटै सवारी चालक अनुमतिपत्रका लागि सातै प्रदेशमा आवेदन खुल्यो !!

Leave a Reply