IPO मा लगानी गर्ने हरुलाई खुसीको खबर |६० लाख कित्ता IPO निष्कासन गर्दै रिलायबल लाइफ इन्स्योरेन्स |

1165

२०७४ भदौ ३ गतेबाट जीवन बीमा सम्बन्धि कारोबार शुरु गरेको यस कम्पनीले विभिन्न डेढ दर्जन बीमा योजनाहरु ल्याएको छ । बीमा समितिको प्रावधान अनुसार जीवन बीमा कम्पनीहरुले २ अर्ब रुपैयाँ पुँजी पु¥याउनु पर्छ । त्यसका लागी कम्पनीहरुले ३० प्रतिशत सेयर सर्वसाधारणको लागी छुट्याउनु पर्छ । नेपालमा अहिले ४० वटा बीमा कम्पनीहरु सञ्चालित छन् ।

बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्नका लागि साधारण शेयर (आइपिओ) जारी गर्दै आएका छन् । नयाँ बीमा कम्पनीले धमाधम आइपीओ निष्कासन गर्ने तयारीमा छन् । बीमा कम्पनीहरुको ५ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी हुन बाँकी रहेको बीमा समितिले जनाएको छ ।

बीमा कम्पनीहरु मध्ये रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले गत साउन ११ गते दोस्रो वार्षिक साधारण सभाबाट सर्वसाधाणमा ६० करोडको साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । ६० करोड रुपैयाँको ६० लाख आइपिओ निष्कासनको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको चुक्ता पुँजी आइपिओ जारी गरेपछि दुई अर्ब रुपैयाँ पुग्छ । धितो पत्र बोर्डबाट अनुमति प्राप्त गरे पछि आइपिओ निष्कासन गर्ने कम्पनीको योजना रहेको छ ।

Previous articleलोकप्रियता देखेर आत्तिएकाले सरकार फेरिने हल्ला फैलाएका छन्, पछि नलाग्नू : प्रधानमन्त्री ओली
Next articleचन्द्रागिरी हिल्सको IPO निस्काशन मिति तोकियो |

Leave a Reply