“कि तँ छैनस् कि म छैन’ भन्ने प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्छ- पोखरेल”

1062

 उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्ताव दुराग्रहका साथ आएको र उक्त प्रस्तावमा प्रधानमन्त्री एवं प्रथम अध्यक्ष केपी ओलीलाई संगीन आरोप मात्र लगाइएको बताएका छन्।  उनले पार्टी एकता जोगाउन प्रचण्डले उक्त प्रस्ताव फिर्ता लिनुपर्ने बताएका हुन्। 

शनिवार फेसबुकमा लेख्दै नेकपा सचिवालय सदस्यसमेत रहेका पोखरेलले प्रस्तुत प्रस्तावहरु फिर्ता लिएर एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन अघि बढ्न अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन्। 

“सहमतीका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित “ कि तँ छैनस् कि म छैन “ भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएका छन् ती “प्रस्तावहरू “ ! दुराग्रहका साथ प्रस्तुत ती “प्रस्तावहरू” फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्शमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ?  प्रचण्ड कमरेडले मात्र होइन , नेकपा भित्रका सबैले यसको छिनोफानो गर्नैपर्छ !” पोखरेलले लेखेका छन्। 

ish.JPG
Previous articleपूर्वराजा ज्ञानेन्द्र शाहको दिपावलीको शुभकामना, “देशका शासकहरूले शान्ति, सुव्यवस्था सहित नागरिकको सेवा गर्न सकून”
Next articleसवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)प्रिन्टमा १० करोड रुपैंया भ्रस्ट्राचार !

Leave a Reply