कोरोनाले पुरुषको अण्डकोषमा समेत क्षति हुने |

1336

कोरोना भाइरस संक्रमणबाट गम्भीर रुपमा बिरामी भएको पुरुषको प्रजनन क्षमता घट्नसक्ने एक अध्ययनले निष्कर्ष निकालेको छ । इजरायलका डाक्टरहरुले कोरोना संक्रमित बिरामीहरुमा गरेको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको हो । इजरायलस्थित शेबा मेडिकल केन्द्रका डाक्टर डेन एडेरको नेतृत्वमा कोरोना संक्रमित पुरुषहरुमाथि अनुसन्धान गरिएको थियो । त्यसक्रममा संक्रमित पुरुषहरुको जाँचका क्रममा उनीहरुकोे शुक्रकिटसमेत कोरोना भाइरसबाट संक्रमित हुने र त्यसले पुरुषको प्रजनन क्षमतामा गिरावट ल्याउने तथ्य पत्ता लागेको हो । डाक्टर डेन एडेरका अनुसार कोरोना भाइरसका कारण पुरुषमा शुक्रकिटको मात्रा आधाले घट्न सक्दछ ।

साथै कोरोना भाइरस संक्रमणले पुरुषमा शुक्रकिटको गुणस्तरमा पनि असर पार्ने शोधकर्ता डाक्टर डेनको भनाइ छ । उनका अनुसार कोरोना भाइरसले पुरुषका अण्डकोषका दुईवटा विशेष कोषलाई समेत नष्ट गर्न सक्दछ ।भाइरसले नष्ट गरेको अण्डकोषका कोशिकाहरु पछि आफैं ठीक हुने–नहुने भन्ने बारेमा थप अध्ययनको आवश्यकता देखिएको छ ।

–एजेन्सी

Previous articleफिनल्याण्डमा प्रधानमन्त्री पद एक दिनको लागि १६ वर्षीया किशोरीलाई हस्तान्तरण !
Next articleनयाँ मन्त्रीको सूचीमा गोकुल बास्कोटाको पनि नाम

Leave a Reply