सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बुधवारदेखि विक्री खुला

436

 सानिमा जनरल इन्स्योरेन्सको आईपीओ असोज २१ गतेदेखि सर्वसाधारणका लागि विक्री खुला हुने भएको छ ।कम्पनीले रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री खुला गर्न लागेको हो । कुल कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ताका लागि छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओ विक्रीका लागि असार १४ गते निवेदन दिएको उक्त कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असोज ५ गते स्वीकृति पाएको थियो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । रू. १ अर्ब जारी पूँजी रहेको उक्त कम्पनीको सर्वसाधारणलाई आईपीओ विक्री पश्चात जारी पूँजी बराबरको रकम कायम हुनेछ । उक्त कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।आईपीओ खरीद गर्न चाहनेहरुले विक्री प्रबन्धकसँगै सी–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको माध्यमबाट घरबाटै पनि आवेदन दिन सकिने छ । 

कम्पनीकोे आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बीबी प्लस (आईएस) रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको आधार औषतभन्दा राम्रो रहेको संकेत गर्दछ ।उक्त कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३९ रहेको छ । 

Leave a Reply