विदेश जानेहरुको लागि बाटो खुल्यो |

160
  • 15
    Shares

 वैदेशिक रोजगार विभाग अन्तरगतकाे काठमाडाैँ कार्यालय, ताहाचलका कर्मचारीमा काेराेना संक्रमण देखिएपछि गत बुधबारबाट श्रम स्वीकृतिकाे सबै सेवा बन्द गरिएकाे थियाे । तर अत्यावश्क पर्नेलाई पुनः  आजबाट उक्त सेवा दिन सुरु गरिन लागिएकाे जनाइएकाे छ  ।

कार्यालय स्राेतका अनुसार वैदेशिक रोजगार विभागले प्रवेशाज्ञा (भिसा) को अवधि सकिन लागेका र तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी नै गुम्ने समस्या रहेका अति जरूरी परेका सेवाग्राहीलाई प्राथमिकतामा राख्दै अवरूद्ध सेवा सुचारी गरिएकाे हाे ।

त्यहाँ कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गएकाे बुधबारदेखि सेवा रोकिएको थियो । तथापि कार्यालय भने खुलिरहेकै थियाे । साेमबार स्वास्थ्य सावधानी अपनाएर अत्यावश्यक परेकालाइ सीमित सेवा प्रदान गर्न लागिएको कार्यालयले जनाएको छ ।

Leave a Reply