भक्तपुरमा रोकि राखेको बसभित्र १७ बर्षीया किशोरीमाथि सामुहिक ब’लात्कार

972

भक्तपुरमा १७ बर्षीय किशोरीलाई सामुहिक रुपमा जवरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ बर्षीय किशोरीलाई काठमाण्डौं रत्नपार्कबाट २०७७ असोज १६ गते बिहान अन्दाजी ११ बजेको समयमा पानीमा लठ्याउने औषधि मिसाई खान दिई बसबाट भक्तपुर ल्याई पुर्याएको प्रहरीको भनाई छ ।

असोज १७ गते शनिवार बिहान अन्दाजी १० बजेसम्म भक्तपुरको सुर्यविनायक स्थित नम्वर नखुलेको बस भित्र जवरजस्ती करणी गरी सोही दिन रातको ११ बजेसम्म किशोरीलाई भक्तपुरको चाँगुनारयाण नगरपालिका वडा नं ८ हनुमानचा (महेश्वरी बैंक्वैटबाट ताथली जाने) बाटो छेउ खोला किनारमा पार्किङ गरी राखेको बा, २ ख २६१२ नम्वरको बस भित्र निज किशोरीलाई जवरजस्ती करणी गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत जगातीले दुई जना ब्यक्तिलाई पक्राउ गरीएको जनाएको छ ।

पक्राउ मर्नेमा सिन्धुपाल्चोक चौतार साँगाचोकगढी नगरपलिका १० बस्ने बर्ष २२ को निर कुमार खड्का र सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ पाता बस्ने बर्ष २१ को सुर्य श्रेष्ठलाई पक्राउ गरेको हो ।पक्राउ परेको दुबैलाई २०७७ असोज १८ गते भक्तपुर जिल्ला अदालतमा पेश गरी जवरजस्ती करणी सम्बन्धी कुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको र एक जना फरार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्र।ना।उ। केशब कुमार थेवेले जनाएको छ ।

Leave a Reply