चीनसगँ तनाव बढीरहेका भारतले शौर्य नामक ब्यालेष्टीक मिसाईल परीक्षण गर्यो

407
  • 11
    Shares

चीनसगँ सन् १९६२ पछि पहिलो पटक सैन्य तनाव बढीरहेका बेला भारतले आज नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ । पिटिआईका अनुसार ओडिसामा गरिएको परमाणु क्षमताले लैस यो मिसाईलको नाम शौर्य रहेको छ । यो मिसाईलले एक हजार किलो मिटर सम्म निशाना बनाउन सक्ने छ । यो मिसाईल हल्का र सजिलोसगँ प्रहार गर्न सकिने खालको रहेको जनाएको छ ।
लद्धाखमा जुन १५ मा २० जना भारतीय सेनाको ज्यान जाने गरी भएको झडप पछि चीनसगँको सैन्य तनाव बढ्दो छ । सीमानामा दुबै देशले ठूलो संख्यामा सेना, हतियार, क्षेप्यास्त्र, लडाकु विमान तैनाथ गरेका छन् । चीन र भारतबीच करीब ३५ सय किलो मिटर सीमा विवाद रहेको छ ।-एजेन्सी

Leave a Reply