अब एसीड हान्नेलाई जन्मकैद हुने |

664

काठमाण्डौं । नेपालमा बढ्दो एसीड आक्रमणको घटनालाई ध्यानमा राख्दै कडा आपराको रुपमा कार्बाही गरी जन्मकैद सम्म हुन सक्ने व्यवस्था सरकारले गर्ने तयारी गरेको छ । यसका लागि सरकारले अध्यादेश पारीत गरेको छ । पारित अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाउने निर्णय सरकारले गरेको छ । संसद्को नियमित अधिवेशन चालु नभएकाले अध्यादेश आउने हिउँदे अधिवेशनमा पेश गरिने छ ।गत २५ भदौमा एसिडपीडितहरूसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले दोषीलाई कडा सजायँको व्यवस्था हुने गरी १५ दिनभित्र कानुनको मस्यौदा ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिएका थिए ।

जसअनुसार एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैद हुनेछ ।आक्रमणबाट मुख्य अंगहरु आँखा, कान, मुख, छाती र यौनाङ्गमा क्षति भएमा २० वर्ष तथा अन्य अंगमा घाउचोट लागे १५ वर्षको कैद सजायँ तोकिएको छ ।एसिड आक्रमणमा शरीरको कुनै पनि भाग एसिडले छोएमा न्यूनतम दश वर्षको सजायँ तोकिएको छ । एसीड आक्रमण गर्नेलाई धरौटी र आम माफी केही पनि नहुने व्यवस्था गरिएको छ ।यस्तै अध्यादेश अनुसार पीडितको उपचारका लागि आक्रमणकारीको सम्पत्ति रोक्का गरेर, उपचार खर्च र क्षतिपुर्ति भराउने लगायतका काम गर्ने व्यवस्था छ ।

Leave a Reply