सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा

1253

एजेन्सी । पिएरे एमरिक औबामेयाङको दुई गोल मद्दतमा आर्सनलले एफए कप सेमिफाइनलमा म्यानचेष्टर सिटीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।वेम्बली मैदानमा भएको खेलमा आर्सनलले सिटीलाई २-० ले पराजित गरेको हो । खेलको १९ मिनेटमा निकोलस पेपेको पासमा औबामेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

७१औं मिनेट किरण टर्नेको पासमा औबामयाङले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।आर्सनलले अब उपाधिका लागि म्यानचेष्टर युनाइटेड र चेल्सीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।फाइनल खेल अगष्ट १ मा हुनेछ ।

Previous articleठाेस सहमती बिनै टुंगियो नेकपा सचिवालय बैठक |
Next articleआजदेखि ४ दिन भीषण वर्षा हुने |

Leave a Reply