नेपालमा कोरोना संक्रमितको संख्या घट्यो |

820

काठमाण्डौं । नेपालमा कोराना संक्रमितको संख्या दर घट्दै गएको छ । आज ५७ जना मात्र संक्रमित थपिएका छन् ।देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ३ सय ३१ जनामा भएको परीक्षणका क्रममा ती संक्रमितहरु फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ नेपालमा कुल संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ ।

कोरोनाबाट हाल सम्म ४० जनाको मृत्यु भईसकेको छ भने ११ हजार ६ सय ३७ निको भएर घर फर्किएका छन् । अब आईसोलेसनमा ५ हजार ८ सय २५ जना मात्र रहेका छन् ।यसैबीच यस अघि कोरोना मुक्त घोषणा गरिएको तेह्रथुम जिल्लामा फेरी कोरोना संक्रमित देखिएका छन् । आज भएको परीक्षणमा दुई जना संक्रमित देखिएका हुन् ।

Leave a Reply