अछाममा घरभित्र बाघ पस्यो

772

अछामको साँफेवगर नगरपालिका, वडा नम्वर ५ नवाठाना स्थित एक घरमा बाघ पसेपछि स्थानीय त्रसित भएका छन्। बिहीबार विहान गाउँमा कुकुर लखेट्दै आएको सो बाघ स्थानीय कैलाश कुवंरको घरभित्र बाघ पसेको हो। बाघ घरभित्र पसेपछि कुवंरका परिवार झ्याल फुटाएर बाहिर निस्केका थिए। बाघ कुकुरसहित घरभित्र छिरेको वडा अध्यक्ष उजिर सिंह साउदले बताए। सोही ठाउँमा तीन वर्ष पहिले बाघको आक्रमणबाट एक जना बालकको ज्यान गएको थियो।

बाघको उद्धारका लागि वन र प्रहरीको टोली पुगेको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद पौडेलले बताए। उनले विशेष टोली आउन दुई दिन लाग्ने भएपछि प्रहरी, वनरक्षक र स्थानीयको सहयोगमा बाघको उद्धार गर्नुपरेको बताए।जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक योगन्द्र सिंह थापाले स्थानीय, वनको टोली र प्रहरीले बाघको उद्धारको काम सुरु गरिसकेको बताए।

Leave a Reply