टिप्परको ठक्करबाट एकको मृत्यु , आक्रोसीत स्थानीयबासीले टिप्परमा आगजनी

138

नुवाकोट – नुवाकोटमा टिप्परको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

नुवाकोटको गंगटेबाट बिदुर तर्फ गइरहेको २८९८ नम्बरको टिफरले र बट्टारबाट गंगटे तर्फ गईरहेको मोटरसाइकललाई भिमसेन माविको साँघुरो मोडमा ठक्कर दिएको थियो ।

टिफरको ठक्करबाट मोटरसाईकल चालक दिवाकर खनालको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाईकलको पछाडी रहेका अर्का एक युवक गम्भीर घाइते भएका छन् । घाइते युवकको अवस्था गम्भीर रहेको बताइएको छ । मोटरसाईकललाई ठक्कर दिए लगत्तै टिफरका चालक र सहचालक फरार रहेका छन् । दुर्घटना पछि आक्रोसीत स्थानीयबासीहरुले टिप्परमा तोडफोड तथा आगजनी गरेका छन् ।

Leave a Reply