विद्युतीय सवारीसाधनमा लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

638

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएका छन् ।

विहीबारबाट काठमाडौंमा शुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्योग र आर्थिक क्षेत्रको उन्नतिका लागि कम्तीमा पनि ५५ प्रतिशत लगानी गर्न उद्यागी तथा व्यवसायीलाई आग्रह गरे । उनले उद्योगीहरुलाई अवसर, अधिकार र सहुलियत दिन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

उद्योग क्षेत्रको विकासका लागि आवश्यक सबै खालको कानूनी व्यवस्था गर्न सरकार तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले चाँडै विद्युतीय गाडीको कारखाना स्थापना गर्ने तयारी भइरहेको समेत जानकारी दिए । उनले विद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । उनले खानी उत्खनन्, सिमेन्टको उत्पादनमा वृद्धि, रेलमार्गको निर्माण र संचालन गरेर सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको पनि स्पष्ट पारे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगीहरुको सुझाव अनुसार आवश्यक ऐन, कानूनको व्यवस्था गर्न प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराइन् । उनले मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प पूरा गर्न निजी क्षेत्र प्रतिवद्ध रहेको बताइन् । अध्यक्ष राणाले उद्योगीहरुले आफ्नो गाँस काटेर राज्यलाई कर तिर्दा पनि सम्मान हुन नसकेको समेत गुनासो गरेकी थिइन् ।

Previous articleनेपाल दूरसंचार प्राधिकरणले पब्जी खेलमाथि प्रतिबन्ध लागाउने निर्णय
Next articleमहासचिवले किनेको जग्गा नक्कली परेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here