बालुवाटारको सरकारी जग्गा हिनामिनामा नेकपाका महासचिव पौडेल पनि मुछिए।

156

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेल यति बेला मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास मुछिएका हुन् ।

व्यापारी तथा भूमाफिया मार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा आठ आना जग्गा खरिद गरेको पाइएको छ, अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलका छोरा नवीनका नाममा ललितानिवास परिसरमा जग्गा छ, सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएपछि यो विषय थप पेचिलो बनेको छ।

पौडेलको स्वामित्वमा रहेको आठ आनासहित ललितानिवासको ११३ रोपनी तीन अना जग्गा सरकारले रोक्का राखिसकेको छ। यो समाचार आजको नागरिक दैनिक मा उल्लेख गरिएको छ ।

Leave a Reply