सरकारले आफ्नो मृत्युको चिहान आफै खनिरहेको नेता आचार्य आरोप

388

पोखरा  – नेपाली कांग्रेसका नेता महेश आचार्यले सरकारले आफ्नो मृत्युको चिहान आफै खनिरहेको आरोप लगाएका छन् ।

पोखरामा नेपाली काँग्रेस कास्कीले आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य आचार्यले सरकार संविधान भत्काउनतर्फ उन्मुख भएको आरोप पनि लगाए ।

सरकार कामभन्दा भाषण गर्नमा मात्रै तल्लिन रहेको पनि उनले बताए । सरकारको गतिविधिबाट जनता सन्तुष्ट हुन नसकेको निष्कर्ष आचार्यको थियो ।

पार्टीमा बढेको गूटका बारेमा असन्तुष्ट नेता आचार्यले गुटगत विभाजनबाट पार्टीलाई जोगाउनुपर्ने बताए ।

कांग्रेसलाई गूटको चंगुलबाट कसरी बाहिर निकाल्ने भन्ने अहिलेको चुनौति रहेको उनको भनाइ थियो ।

गूटकै कारण पार्टी कमजोर भएको र यसले प्रमुख प्रतिपक्षीको भूमिका पनि अर्थपूर्ण हुन नसकेको टिप्पणी नेता आचार्यको थियो ।

Leave a Reply