विप्लव समूहकी विद्यार्थी नेतृ पोखराबाट पक्राउ

615

कास्की  -नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको समूह निकट अखिल (क्रान्तिकारी) कास्कीका एक नेतृलाई प्रहरीले पक्राउ गरेको छ ।

क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष आस्था नेपालीलाई आइतवार विहानप्रहरीले पोखरा–११ फूलबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

स्याङ्जा स्थायी ठेगाना भएकी विद्यार्थी नेतृ नेपाली हाल फूलबारीमा बस्दै आएकी थिइन् ।

प्रहरीले गत हप्ता सोही विद्यार्थी संगठनका पृथ्वीनारायण क्याम्पस एकाइका अध्यक्ष प्रकाश बाँस्तोला र जिल्ला सदस्य उज्जवल पुनलाई पक्राउ गरेको थियो । यसअघि उक्त समूहका प्रदेश संयोजक किसानसिंह गुरुङ र कास्की प्रमुख रामकाजी गुरुङलाई प्रहरीले पक्राउ गरिसकेको थियो ।

Previous articleनेपालमा पनि पब्जी गेम बन्द गर्न अभिभावक हरु पुगे महानगरीय प्रहरी महाशाखामा |
Next articleक्रान्तिकारी माओबादी निकट “देशभक्त जनगणतान्त्रिक मोर्च नेपालको प्रथम एतिहासिक सभा सम्पन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here