क्रान्तिकारी माओबादी निकट “देशभक्त जनगणतान्त्रिक मोर्च नेपालको प्रथम एतिहासिक सभा सम्पन्न ।

473

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओबादी अन्तर्गत “देशभक्त जनगणतान्त्रिक मोर्चा” नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन सभा, सरकार भन्दा बाहिरा रहेको साथै विप्लप नेतृत्वको पार्टी बाहेक सबै कम्युनिष्ट पार्टीहरुको बिच राजधानीको भृकुटी मण्डब स्थित सम्पन्न गरिएको छ ।

उक्त सम्मेलनमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले विशाल जनसभाका बीच मशाल बालेर मोर्चा सम्मेलनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहको अध्यक्षता मोर्चाका अध्यक्ष सीपी गजुरेलले गरेका छन् भने क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्यहरु रामसिंह श्रीस, पार्टी प्रवक्ता हरिभक्त कँडेल, क्रान्तिकारी माओवादीका सल्लाहकार समितिका अध्यक्ष डा. ओम गुरुङ, नेकपा (माले)का महासचिव सिपी मैनाली, नेकपा (माके)का अध्यक्ष गोपाल किराती, नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, नेकपाका नेता रत्नप्रसाद जोशी, वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल‘आहुती’लगायत अतिथिको रुपमा उपस्थित रहेका थिए ।

समारोहको सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाको अध्यक्ष तथा पार्टीको केन्द्रिय नेता सिपि गजुरेलले इतिहासमै नभएको भ्रष्टचार मौलाउने   कम्युनिस्ट सरकार अहिलेको ओली सरकार रहेको जिकिर गरे । निर्मल पन्तको हत्यारालाई सुरक्षा दिने यो सरकार र एउटा कम्युनिस्ट सरकारले अर्को कम्युनिस्टलाई प्रतिबन्ध लगाउनु भनेको बिश्व कम्युनिस्टमा यो नै पहिलो रहेको बताए, हरेक राज्य व्यबस्थालाई र सरकार संचालन गतिबिधिलाई हेर्दा ओली सरकार रास्ट्रघाती सरकार रहेको र घुमाउरो पाराले जनतालाई झुक्काई सरकार आफै भ्रष्टाचारीमा लागेको समेत आरोप लगाए, अहिलेको विकल्प भनेको यो सरकार रहेको व्यबस्थालाई परिबर्तन गरि नयाँ जनगणतान्त्रिक संबिधान र व्यवस्थालाई परिबर्तन गर्नु मुख्य रहेको बताए । सम्मेलनलाई  सम्बोधन गर्दै, अबको लडाई संघिय गणतन्त्रको भएकोले शक्ति र संगठनिक रुपले आफुहरु सडक आन्दोलनमा उत्रिने र ओली सरकारको बिरुद्द लाग्ने बताउदै देशको अवस्था अन्तरिक र बाह्य तरिकाबाट निकै भयभह रहित संकटमा रहेको समेत बताए ।

त्यस्तै नेकपा का गोपाल किरातीले यो सरकार कम्युनिष्टि सरकार पनि नभएको प्रतिक्रियावादी पनि नस्विकारेकोले जनता र हरेक कम्युनिस्टले प्रतिक्रियाबादी सरकार नै भन्नु पर्ने उल्लेख गरेका थिए, ओली सरकार भन्दा पनि पुरानै राज्य व्यबस्था ढले पछि मात्र जनताको व्यवस्था सहितको राज्य सत्ता निर्माण हुने कुरा देखाए, बिस्वमा एउटा कम्युनिस्ट सरकारले अर्को कम्युनिस्टलाई प्रतिबन्ध लगाउनु यो नै इतिहासको पहिलो घटन समेत भएको जानकारी दिलाए, अबको अन्तिम लडाई भएको सबै कम्युनिस्टहरु बिच एकता र सहकार्य गरि अगाडी बढ्नु पर्ने आबस्यकता रहेको बताए, यो सरकार जनहित भन्दा पनि फासिवादी निरंकुश भएकाले ओली सरकारलाई ढाल्न अहिले को सबै कम्युनिस्टहरुको एकात नै कम्युनिष्ट शक्ति रहेको समेत बताए ।

अर्का बैज्ञानिक समाजबादी अभियान नेपालको संयोजक विश्वभक्त दुलाल “आहुतिले” विश्व कम्युनिस्टमा सयौ बर्ष पछाडी फर्केर हेर्दा कम्युनिस्टलेकहिले जितेको र कहिले हारेको र बिस्वमा नै लेनिनको थिसिसनुसार क्रान्ति भए पनि चीनमा माओको निधन पछि संसारमा नै कम्युनिष्ट आन्दोलन संकटमा रहेको बताए, अबको कम्युनिस्ट आन्दोलन इतिहासको कम्युनिस्ट अन्दोलनलई मनन गर्दै नयाँ ढंगबाट संचालन गरे मात्र अबको कम्युनिस्ट आन्दोलनको मुक्ति सम्भव रहेको बताए ।

समारोहको प्रमुख अथिति समेत रहेको क्रान्तिकारी पार्टीको महासचिब क. किरणले सबै कम्युनिस्ट पार्टीहरुलाई एकताबद्द भई लडाई लड्नु पर्ने त्यसको आबस्यकतानुसार चुनाबमा जान पनि सकिने बन्दुक उठाउन पनि सक्ने बताए साथै सबै कम्युनिस्टहरुलाई एकताको लागि आह्वान समेत गरेका थिए, तडक भडक भन्दा पनि आफ्नो पार्टी सोचेर नै कम्युनिस्ट आन्दोलनलाई साथ् दिदै र माओको विचारधारालाई समेत अंगाल्दै आएको जिकिर गरे । सिके राउत संगको सम्झौता अमेरिकन साम्राज्यवादको उपहास भएको र राज्यको आन्दोलन गर्न क्रममा एउटा राजनीतिक आन्दोलनलाई मुद्द बनाएर राजपाको संसाद रेशम चौधरीलाई आजीवन काराबासको सजाय सुनाउनु न्यायपूर्ण नभएको पुष्टि गराए । आन्दोलनको क्रममा हेर्ने हो भने सरकार पनि सत्ता बाहिर हुदा हिजो आन्दोलन गरेका नै हुन् त्यसैले राजनीतिक पहलबाट नै रेशमको मुद्द न्याय पूर्ण गराउनु पर्नेमा जोड दिएका थिए, सबै कम्युनिस्ट पार्टिलाई एकतामा आई अन्तरक्रिया गराई अगाडी बढ्नु पर्ने विश्वास दिलाउदै विप्लप नेतृत्व पार्टी आफु संग नजिक रहेको समेत बताए ।

दशौ हजारौ भन्दा पनि बेसीको संख्यामा रहेको बिशाल जनसभा हरेक गाजबाजा सहित भृकुटी मण्डब छिरेका थिए भने उक्त सम्मेलनको कार्यक्रम संचालन मोर्चाको सचिब परि थापाले गरेका थिए ।

Leave a Reply