भाडामा वृद्धि गरेको भन्दै टुकुचाका तरकारी व्यवसायी आन्दोलित

635

काठमाडौं– ५० प्रतिशतभन्दा बढि भाडा वृद्धि गरेको र बजारबाट उठाएको भाडामा अनियमितता गरेको भन्दै काठमाडौंको टुकुचास्थित इच्छुमती तरकारी बजारका व्यवसायीहरुले संचालकविरुद्ध आन्दोलन शुरु गरेका छन् ।

इच्छुमती तरकारी बजार व्यवसायी हक हित संघर्ष समितिले ५० प्रतिशतभन्दा बढी भाडा वृद्धि गरेको भन्दै संचालक संस्था हरित कृषि सहकारी संस्थाविरुद्ध आइतबारबाट आन्दोलन शुरु गरेको हो ।

संचालकहरुले जथाभावी भाडा बढाउने, तर त्यसको हिसाबसमेत नराख्ने अवस्था भएपछि त्यसको विरोधमा आन्दोलन शुरु गर्नु परेको संघर्ष समितिका अध्यक्ष कुमार तिमिल्सिनाको भनाइ छ ।

सञ्चालक संस्थाका पदाधिकारीहरुले तरकारी बजारबाट उठाएको रकम हिनामिना गर्ने गरेको व्यवसायीहरुको आरोप छ । संचालकहरुले बजारबाट उठाएको रकम हिनामिना गर्ने काम तत्काल बन्द नगरे कडा आन्दोलन गर्न बाध्य हुने संघर्ष समितिका अध्यक्ष तिमिल्सिनाले चेतावनी दिए ।

संघर्ष समितिले सो बजारको संचालक संस्था हरित कृषि सहकारी संस्थालाई आर्थिक हिसाब–किताब पारदर्शी बनाउन र व्यवसायीहरुलाई डर, धाक देखाएर जथाभावी स्टल भाडा नलिन पनि चेतावनी दिएको ।

व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न पनि संघर्ष समितिले संचालक समितिको गम्भिर ध्यानाकर्षण गराएको छ ।

Previous articleट्याक्सी दुर्घटना हुँदा युएईमा २ नेपालीको मृत्यु
Next articleमौसम सुधार कहिलेदेखि ? कस्तो रहन्छ आगामी तीन दिन ?हेर्नुस ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here