काठमाडौं आसपासक्षेत्रमा बिहानैदेखि पर्न थाल्यो झरी, हिमाली भेगमा हिमपातको सम्भावना

521

काठमाडौं  – काठमाडौं आसपासक्षेत्रमा विहानदेखी हत्का बर्षा भईरहेको छ । पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गए रातिदेखि कमजोर रूपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने विभागले जनाएको छ ।

आज शुक्रबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औंल्याइएको छ।

उच्च हिमाली भूभागहरूका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply