आज आईपिएलमा सन्दीपको दिल्ली र हैदरावाद भिड्दैँ

27

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३ औँ संस्करणमा सन्दीप लामिछानेको दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद बिहिबार राती आमनेसामने हुने भएका छन् । दिल्लीको फिरोज शाह कोट्ला रंगशालामा नेपाली समयअनुसार सवा ८ बजे सुरु हुने खेलमा दिल्ली र हैदरावादबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।

चारखेलबाट दुई खेलमा हार र दुई खेलमा जित हा पार्दै चार अंक बटुलेको दिल्लीले यो खेल जितेमा लिगको शीर्ष स्थानमा उक्लिनेछ । लिगको तेस्रो स्थानमामा रहेको हैदरावादले पनि दिल्लीलाई पराजित गरे शीर्ष स्थानमा उक्लिने छ ।

आईपीएलले आफ्नो आधिकारि वेबसाइटका अनुसार दिल्ली र हैदरावादको प्लेइङ इलाभेन यस्तो छः–

दिल्लीः

पृथ्वी शाव, शिखर धवन, श्रेयस ऐयर ९कप्तान०, रिशव पन्त, कोलिन इन्ग्राम, क्रिस मोरिस, हनुमा विहारी, हर्षल पटेल, कागिसो रबडा, अभेष खान र सन्दीप लामिछाने ।

हैदरावादः

डेभिड वार्नर, जोनी ब्रेस्ट्ओ, विजय शंकर, मनिष पाण्डे, युसुफ पठान, मोहम्मद नावी, दिपक होडा, राशिद खान, भुवनेश्वर कुमार, सिद्धार्थ काउल र सन्दीप शर्मा ।

Leave a Reply