‘विकास र वातावरणलाई सँगसँगै अघि बढाउदै व्यवसाय विस्तार गर्ने’ :- अर्थमन्त्री खतिवडा

443

अर्थमन्त्री डा युवराज खतिवडाले नेपालले विकास र वातावरणलाई सँगसँगै अघि बढाउदै व्यवसाय विस्तार गर्न चाहेको बताएका छन् ।

साउथ एशियन फेडेरेशन अफ अकाउन्टेन्टस् (साफा) को अन्तराष्ट्रिय सम्मेलनको आज काठमाडौमा उद्घाटन गर्दे खतिवडाले नेपाललाई फोहोरी उद्योगहरुको डम्पिङ साइट बनाउन नचाहेको समेत बताए । असल व्यवसायिक वातावरण बनाउन लेखापरीक्षकको महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्री खतिवडाले उच्च मनोबलका साथ काम गर्न उपस्थित दक्षिण एशिया क्षेत्रकै लेखापारीक्षकहरूलाई आग्रह पनि गरे ।

उनले आउँदो दशकमा दक्षिण एशिया विश्वकै लगानीको केन्द्र हुने र नेपाल दक्षिण एशियाको ‘राइजीङ स्टार’ हुने जिकिर गरे । निजी लगानीको सुरक्षाको सुनिश्चितताले भौतिक र बौद्धिक दुबै लगानी भित्रने दाबी गर्दै खतिवडाले त्यसका लागि नीतिहरु सबै स्पष्ट हुनुपर्ने र सरकारले यसका लागि काम गरिरहको धारणा पनि राखे ।

‘इनेब्लिङ बिजनेश इन्भाइरोन्मेन्ट फर इकोनोमिक डेभलपमेन्ट’ शीर्षकमा साफाले सम्मेलनको आयोजना गरेको हो। सम्मेलनमा २५० भन्दा बढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय लेखा व्यवसायीको सहभागिता रहने साफाले जनाएको छ ।

Leave a Reply