प्रदेश नम्बर २ का मुख्यमन्त्रीलाई सिके राउतले थर्काए

445

काठमाडौं, २१ चैत । पृथकतावादी आन्दोलन छाडेर भर्खरै राष्ट्रिय राजनीतिको मूलधारमा आएका डाक्टर सीके राउत (चन्द्रकान्त राउत)ले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई असक्षम र भ्रष्ट भएको आरोप लगाएका छन् । बारा र पर्सामा आँधिहुरीले पारेको वितण्डामा मुख्यमन्त्रीले राम्रो भुमिका निभाउन नसकेको भन्दै उनले आलोचना गरेका छन् । जनतावाट त्यती ठूलो रकम कर असुल्ने सरकारले आँधिपीडितलाई तीन लाख रुपैया राहत दिएर उम्कन नमिल्ने भन्दै उनले आलोचना गरेका छन् ।

पर्सा र बारा हुरीबाट प्रभावित जनतालाई उनले तत्काल मेस सञ्चालन गरेर दुई छाक खान दिनुपर्ने धारणा राखेका छन् । उनले १०–२० दिन सामूहिक मेस सञ्चालन गरेर दालभात खुवाउन नसकेको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई सीके राउतले सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन् । ‘केन्द्रलाई नै सबैकुरा भन्ने भए प्रदेश सरकार के का लागि ?

मुख्यमंत्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन । भोजभतेर मैं ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन । जनतासँग छाला काढे सरी कर बढाएर उठाएको करौडौं रुपैयाँ पोखरी र मंदिर सौन्दर्यीकरणको नाममा आफ्ना लठैत पाल्न खर्च गर्दा केन्द्र बाधा भएन । तर अहिले भोक–भोकै घरबारविहिन भएर बिचल्ली परेका बाराका हुरी पीडित जनताहरुलाई १०–२० दिन सामूहिक रुपमा मेस संचालन गरेर दाल–भात खुवाउन मुख्यमन्त्रीलाई केन्द्र बाधा भयो ? बहानाको पनि हद हुन्छ ।

हरेक कुरामा केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोज्ने ? के प्रदेश सरकार स्वराजीहरुको हत्या गर्न, पक्राऊ गर्न र दमन गर्न मात्रै हो ? दमन गर्न मात्रै हो ?’ उनले सामाजिक सञ्जालमा यसो भनेपछि त्यसमा सकारात्मक नकारात्मक टिप्पणी आएका छन् । उनी आफै पनि प्रभावित क्षेत्रमा पुगेका थिए । उनले सामाजिक सञ्जाल मार्फत मुख्यमन्त्रीलाई आलोचना गर्दै भिडियो पनि सार्वजनिक गरेका थिए ।

Leave a Reply