एन्जिला वाईबा तामाङले चुमिन उत्कृष्ट म्हेन्दोमाया मोडल अवार्ड

26

नुवाकोट जिल्लाको देउरालीमा जन्मिएकी एन्जिला वाईबा तामाङले उत्कृष्ट म्हेन्दोमाया मोडल अवार्ड चुम्न सफल भएकी छिन्।

लामो समय देखि आफ्नो गाउँ ठाउँको संस्कृती जोगाउनु पर्छ भन्ने हेतुले म्हेन्दोमाया क्षेत्रमा आफूलाई अब्बल रुपमा उभ्याउँदै आएकी छिन् । पछिल्लो समयमा एन्जिलाको चर्चा चुलिदै गएको पनि देखिन् भने अहिले सम्मा म्हेन्दोमाया मोडेल महिलाहरु मध्यमा धेरै अवार्ड हात पार्न सफल मोडेल  वाइबा तामाङ नै हुन्! एन्जिलाले यस अघि पनि सुन्दरादेबी म्युजिक अवार्ड ,म्हेंदोमाया म्युजिक अवार्ड ,हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्डमा समेत उत्कृस्ट मोडलको अवार्ड तथा केहि समय अघि सम्पन्न एपिक म्युजिक अवार्डमा म्हेन्दोमाया तर्फ जुरी अवार्ड प्राप्त गरेकी थिए,

हाल उनि म्हेन्दोमाया मात्र नभई नेपाली लोक दोहोरि र आधुनिक गितहरुमा समेत अभिनय गरिरहेकी र आधा दर्जनभन्दा  बढि भिडियोहरुमा अभिनय गरिसकेको पनि पाइन्छ  साथै एन्जिलाले तामाङ कथानक चलचित्र श्होङ्गमा नायिकाको भुमिका निभाउन भ्याइ सकेका पनि छिन् उनकी  श्होङ्ग अहिले देशको विभिन्न ठाँउहरुमा प्रदर्सन भैरहेको र उक्त चलचित्रले एन्जिलालाई अझ अघि  बड्ने बाटो खुलाएका छ ।

सानैदेखि नृत्यनाटक रुचि राख्ने एन्जिला वाइबा तामाङ अहिले मोडेल मात्रै नभएर तामाङ चलचित्र शोङ्ग देखि नायिका पनि भएकि छिन् मौका पाए र समयनुसार नेपाली चलचित्रको नायिका बन्ने सोचाइमा पनि गम्भीरता छिन्,अरुलाई सम्मान दिनुपर्छ अनि मात्रै अफुलाई पनि सम्मान पाइन्छ यस्ता सोचाइका कारण अहिले उनी देश बिदेशमा समेत प्राय सम्मानित भए की छिन् उनकी सफल यात्रा रसुवा ,धादिङ, नुवाकोट ,काभ्रे , लगायत थुप्रै जिल्लाहरुमा भएको छ  भने दुबई, कतार, मलेशिया जस्ता देशहरुमा समेत सम्मानको लागि यात्रा गरि सकेकी छिन् ।

Leave a Reply