प्रधानमन्त्री ओली र मुख्यमन्त्रीहरुबीच बालुवाटारमा छलफल हुँदै

19

काठमाडौं – बारा र पर्सामा हावाहुरीले पुर्‍याएको क्षति र समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मूख्यमन्त्रीहरुबीच बालुवाटारमा छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री ओलीले सबै मुख्यमन्त्रीहरुलाई काठमाडौंमा डाकेर बिहीबार(आज) विहानदेखि छलफलमा जुटेका हुन । एक महिना अघिमात्र प्रधामन्त्री र मुख्यमन्त्रीहरुबीच सामूहिक बैठक भएको थियो ।

आजको छलफलमा कर्मचारी समायोजन, लगानी सम्मेलन, प्रदेशमा देखिएका कानुनी जटिलता साथै राजनीतिक अवस्थाबारे छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

केन्द्र सरकार र प्रधानमन्त्रीले प्रदेशस्तरका अधिकांश अधिकारहरु आफू मातहतमा राखेको भन्दै मुख्यमन्त्रीरुले असन्तुष्टी जनाउँदै आइरहेका छन् । आजको छलफलले यी विषयमा निष्कर्ष निकालिने बुझिएको छ ।

छलफलमा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का लालबाबु राउत, प्रदेश ३ का डोरमणी पौडेल, प्रदेश ४ का पृथ्वी सुब्बा गुरुङ, प्रदेश ५ का शंकर पोख्रेल, प्रदेश ६ का महेन्द्रबहादुर शाही, प्रदेश ७ का त्रिलोचन भट्ट सहभागी छन् ।

Leave a Reply