ओली सरकारले  प्रेस स्वतन्त्रतालाई अंकुश लगाउन खोजेको, नसच्चिए आन्दोलन गर्न वाध्य हुने देउवाको चेतावनी

521

कपिलवस्तु – नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले ओली सरकारले एक वर्षको अवधिमा कुनै पनि काम गरेर देखाउन नसकेको बताएका छन् ।

सरकारले जनतालाई देखाउने लायकको काम गर्न नसकेको उनको आरोप छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता देउवाले ओली सरकारले वलात्कारीलाई बचाउने काम गरेको आरोप लगाए ।

उनले सरकारले साइवर क्राइमको नाममा वाक– स्वतन्त्रतालाई हनन गरेर अप्रजातान्त्रिक गतिविधि गर्न लागेको दाबी गरे ।

संविधानले प्रत्यभूत गरेको प्रेस स्वतन्त्रतालाई समेत सरकारले अंकुश लगाउन खोजेको सभापति देउवाको भनाइ छ ।

उनले आफुले कारणबस संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसक्ने भनेर पत्राचार गर्दा पनि बैठक बोलाएर सरकारले एकलौटी ढंगले निर्णय गरेको आरोप लगाए ।

संवैधानिक परिषदमा विपक्षी दलको उपस्थितिलाई सरकारले नरुचाएको उनको टिप्पणी थियो ।

सभापति देउवाले सरकार सच्चिएर अगाडी नवढे आन्दोलन गर्न वाध्य हुनेसमेत चेतावनी दिएका छन् ।

यस्तै कांगे्रस सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले संस्थागत भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।

Leave a Reply