बार एसोसिएसन निर्वाचनः लोकतान्त्रिक समूहको अग्रता

514

काठमाडौं – नेपाल बार एसोसिएसनको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।बेलुका९ बजेसम्म प्राप्त मनगणनाको परिणामअनुसार अधिवक्ता सुनील पोखरेलले नेतृत्व गरेको लोकतान्त्रिक समूह (डीएलए) ले अग्रता लिएको छ।

प्राप्त परिणामअनुसार, अध्यक्षमा पोखरेलले १४३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका उम्मेद्वार वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले १३५३ मत हासिल गरेका छन्।

आज साँझसम्म उपत्यकाबाहिरका पाँच ठाउँबाहेक सबै मत गणना सकिने छ । दाङ देउखुरी, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरको मात्र मत गणना बाँकी रहने जनाइएको छ । एसोसिएसनको चैत १६ गते नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको थियो ।

Leave a Reply