आँधीबेरीमा मृत्यु भएका मृतकका परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

869

बारा– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई पार्टीका तर्फबाट प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा पनि राखे । हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए ।

त्यसपछि फेटा–६ बरैनिया पुगेका उनले त्यहाँ आयोजित औपचारिक कार्यक्रममा करिब ३ मिनेट संबोधन गरे । यो गाउँमा हावाहुरीबाट १० जनाको मृत्यु भएको छ ।

आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु भएको छ ।

Previous articleदेउवाले हावाहुरी प्रभावितलाई २५ लाख दिने
Next articleसिड्नीमा नेपाली र अस्ट्रेलियन विद्यार्थीको ‘ग्याङ फाइट’!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here