देउवाले हावाहुरी प्रभावितलाई २५ लाख दिने

362

बारा –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार साँझको हुरीले प्रभावितका लागि २५ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् ।

सभापति देउवाले हावाहुरी पीडितलाई पार्टीको तर्फबाट २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मंगलबार मध्याह्न बाराको फेटा गाउँपालिका पुगेका देउवाले हावाहुरीपछिको उद्दार र राहातमा केन्द्र सरकारको उपस्थिति कमजोर रहेको पनि बताए ।

घाइतेहरुको उपचार, प्रभावितहरुको पुनस्र्थापनालगायत कार्यमा चुस्तता ल्याउनुपर्ने देउवाको भनाइ थियो ।

Leave a Reply