सर्वोच्च अदालतमा ५ जना न्यायाधीश सिफारिस

607

काठमाडौँ – न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त ५ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

नियुक्ति सिफारिसका लागि मंगलबार बिहान बसेको न्यायपरिषद् बैठकले ५ न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको हो ।

परिषद् स्रोतका अनुसार उच्च अदालतबाट दुई र कानुन व्यवसायीबाट तीन गरी पाँच जनाको नाम सिफारिस भएको छ ।

जसअनुसार प्रकाश ढंगाना, सुस्मलता माथेमा र हरिप्रसाद फुयाल सिफारिस भएका छन् । त्यस्तै कुमार रेग्मी र मनोज कुमार शर्मा पनि न्यायाधीश सिफारिसमा परेका छन् ।

ढुंगाना र माथेमा उच्च अदालतका न्यायाधीश हुन् ।

Previous articleदेउवाले प्रभावित क्षेत्रको हेलिकप्टरमार्फत निरीक्षण गरे
Next articleआधीबाट प्रभावितलाई सुदूरपश्चिम प्रदेशले एक करोड सहयोग गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here