हावाहुरी प्रभावित क्षेत्रमा औषधि बोकेर पुगे डा. गोविन्द केसी

605

बारा– चिकित्सा शिक्षा सुधारका अभियान्ता एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसी हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन् ।

डा. केसी औषधि बोकेर सोमबार राति काठमाडौंबाट प्रभावित क्षेत्रमा आएका हुन् । डा. केसीले बाराको फेटामा स्वास्थ्य शिविर चलाउने उनले  बताए ।

आइतबार साँझ आएको हावाहुरीका कारण बारामा मात्रै ६ सय ६३ जना घाइते भएका थिए । यस्तै २ सय ८४ जना विभिन्न अस्पतालमा उपचारत छन् । हाडजोर्नी विशेषज्ञ डा. केसीले घटनामा चोटपटक लागेका तथा अन्य स्वास्थ्य समस्या देखिएका स्थानीयलाई स्वास्थ्य सेवा दिनेछन् ।

घटना परी बारा र पर्साका १ हजार ४४ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये ३ सय ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

Leave a Reply