नागरिकता विधेयक खारेजीको माग गर्दै हस्ताक्षर संकलन

463

अर्घाखाँची – नागरिकता विधेयक २०७५ खारेज गर्न माग गर्दै अर्घाखाँचीमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ ।

अभियानमा नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (माले)लगायत ६ ओटा पार्टी तथा विभिन्न संस्थाहरु सहभागी भएका छन् ।

नागरिकता पाउनका लागि अहिलेसम्मकै खुकुलो व्यवस्था बनाइएका कारण विधेयकलाई राष्ट्रघातीको संज्ञा दिँदै दलहरुले हस्ताक्षर संकलन अभियान सुरु गरेका हुन् ।

विधेयकलाई खारेज गर्न, विदेशीहरुले लिएको नागरिकता छानबिन गर्न, नक्कली नागरिकताहरु खारेज गर्न र सर्वोच्च अदालतले खारेज गरेको नागरिकतासम्बन्धीको आदेश कार्यान्वयन गराउन अभियानको थालनी गरेको आयोजक संयुक्त संघर्ष समिति अर्घाखाँचीले जनाएको छ ।

Leave a Reply