डा. बाबुराम भट्टराईले हावाहुरी पीडितलाई १५ दिनको तलब दिने

546

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बारा-पर्साका हावाहुरी पीडितलाई १५ दिनको तलब सहयोग गर्ने घोषणा गरेका छन। उनले भने ‘मैले व्यक्तिगतरूपमा आफ्नो प्रतिनिधिसभा सदस्य बापतको आधा महिनाको तलब प्रदान गर्नेछु ।’

संयोजक डा. भट्टराईले राहत र पुनर्स्थापनाको निम्ति पार्टीका सबै सदस्यहरूले आआफ्नो हैसियत अनुसार आर्थिक सहयोग गर्न आह्वान गरेका छन । राहत रकम सिधै वा आ-आफ्नो कमिटीमार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन पनि भट्टराईले आह्वान गरेका छन् । संकलित रकमलाई एकमुष्ठ रूपमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने भट्टराईले बताए ।

उनले विपत्तिमा परेका स्थानीयको उद्धार, राहत र पुनर्स्थापनामा तन, मन र धनले लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान पनि गरेका छन् । पार्टीपंक्तिमा तीन बुँदे सर्कुलर जारी गर्दै भट्टराईले भनेका छन्, ‘बारा-पर्सामा भीषण आँधिबेहरीले पुर्‍याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दुखित छ र विपत्तिमा परेका जनताको उद्धार, राहत र पुनर्स्थापनामा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागी पर्न जरूरी छ ।’

Previous articleआँधी पिडितलाई सांसद त्रिपाठीले दुई महिनाको तलब दिने
Next articleनागरिकता विधेयक खारेजीको माग गर्दै हस्ताक्षर संकलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here