सन्दीपको टिम दिल्ली पन्जावसँग पराजित

88

एजेन्सी – नेपालका लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनको टोली दिल्ली क्यापिटल्सले नमिठो हार खेपेको छ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा दिल्ली क्यापिटल्स किंग्स इलाभेन पन्जाबसँग १४ रनले पराजित भयो ।

बिन्द्रा स्टेडियममा घरेलु टोलि पन्जाबले दिएको एक सय ६७ रनको लक्ष्य सहित ब्याटिङ गरेको दिल्ली १९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ५२ रनमा समेटिएको थियो । दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३९ र कोलिन इन्ग्रामले ३८ रन बनाए ।

शिखर धवनले ३० र कप्तान श्रेयस आयर २८ रनमा आउट भए । दिल्लीलाई सस्तैमा समेट्न पन्जाबका साम करणले चार विकेट लिए । रविचन्द्र आश्विन र मोहमद सामीले समान दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६६ रन बनाएको थियो । पन्जाबका लागि डेभिड मिल्लरले ४३ रन बनाए । यस्तै सर्फराज खानले ३९, मन्दिप सिंहले अविजित २९, साम करणले २० र लोकेश राहुलले १५ रन बनाए । बलिङमा क्रिस मोरिसलेतीन विकेट लिए ।

कागीसो राबडा र सन्दीप लामिछानेले दुई दुई विकेट झारे । सन्दीपले चार ओभर बलिङ गर्दै २७ रन खर्चिएका थिए । यस जितसँगै पन्जाबले चार खेलबाट ६ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । चार अंक बनाएको दिल्ली पाँचौ स्थानमा छ ।

Leave a Reply