उद्धार तथा राहतका लागी धुर्मुस र रवी चामल बोकेर पुगे प्रभावित क्षेत्र बारा-पर्सा

65

काठमाडौं – बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि पुगेका कलाकार सीताराम कट्टेल (धुर्मुस) र पत्रकार रवी लामिछानेको टोली राहत वितरण कार्यक्रम सक्रिय भएका छन् ।

आइतबार रातिको हावाहुरीले घरबार बिहीन भएर विचल्ली परेकाहरुलाई उनीहरले राहत वितरण थालेका हुन।

आँधी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउन्डेसनले चामल, त्रिपाल र चाउचाउ बाँडेको छ । यो राहत आँधीबाट अति प्रभावित भएको फेटा गाउँपालिकामा पुर्‍याएर गाउँपालिकाका अध्यक्ष अमिरिलालप्रसाद शाहलगायतका प्रतिनिधि मण्डलको रोहबरमा हस्तानान्तरण गरिएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।

त्यस्तै पत्रकार रवी लामिछानेको टोलीले पनि राहत वितरण गरेको उल्लेख गरेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा मार्फत बिरामीको अवस्था बुझ्न अस्पतालहरुमा गएको, केही दिनका लागि पुग्ने खाद्यान्न आफूहरुसँग स्टकमा रहेको उल्लेख गरेका छन् ।

Leave a Reply