बारा–पर्सामा भिषण हावाहुरी : उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्री थापाको निर्देशन

390

बारा–पर्सामा भिषण हावाहुरी :राहत, उद्धार र उपचारमा कुनै कमि हुन नदिन गृहमन्त्री थापाको निर्देशन

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

गृह मन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए ।

सोमबार बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएकोसमेत उल्लेख गरेका छन् । उनले घटनामा परी मृत्यु भएकामा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थलाभको कामनासहित मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

Leave a Reply