आईपीएल : चेन्नाई सुपर किङ्सको लगातार तेस्रो जित

654

काठमाडौं – भारतमा जारी आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा चेन्नाई सुपर किङ्सले लगातार तेस्रो जित हात पारेको छ ।

गएराती भएको खेलमा राजस्थान रोयल्सलाई ८ रनले पराजित गर्दै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

चेन्नाईमा घरेलु टोलीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो ।

उसका लागि बेन स्टोक्सले ४६ रन तथा राहुल त्रिपाठीले ३९ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित ७५ रनको योगदान दिए ।

जितसंगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले ३ खेलबाट ६ अंक जोडेको छ । राजस्थानको भने यो लगातार तेस्रो हार हो ।

आईपिएल क्रिकेटमा हिजै भएको अर्को खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरमाथि एक सय १८ रनको फराकिलो जित हासिल गरेको छ ।

जारी सिजनको कीर्तिमानी जित हासिल गर्ने क्रममा सनराइजर्सले दुई सय ३२ रनको चुनौती पछ्याएको बैंगलोरलाई एक सय १३ रनमै रोकेको थियो ।

Previous articleप्रधानमन्त्री ओली बारा जाँदै
Next articleबारा–पर्सामा भिषण हावाहुरी : उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्री थापाको निर्देशन

Leave a Reply