बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २७ पुग्यो, ४०० भन्दा बढी घाइते

443

काठमाडौं –  एक्कासी चलेको हावाहुरीका कारण बारामा मात्र २७ जनाको ज्यान गएको छ । बाराका विभिन्‍न ठाउँमा गरी २६ जनाको मृत्यु छ भने पर्सामा एक जनाको मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले पुष्टी गरेका छन् ।

उनले भने, बारामा मात्र २६ जनाको ज्यान गएको छ । राति भइसकेकोले मृतकको सनाखत हुन सकेको छैन । पर्सामा एक जनाको ज्यान गएको भन्‍ने खबर प्राप्त भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका साथीहरु मिलेर उद्दार कार्य गरिरहेका छौं ।

बारा र पर्सा दुबै जिल्लामा गरी ४०० भन्दा बढी घाइते भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । घाइतेको विरगन्ज अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल र जिल्लाका विभिन्‍न अन्य अस्पतालहरुमा उपचार भइरहेको उनले बताए ।

हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै बिजुलीका पोलहरु ढलेका छन् । विभिन्‍न ठाउँमा रुखहरु ढलेर सडकसमेत अवरुद्ध भएको छ।

त्यसैगरी हावाहुरीका कारण भएको क्षतिप्रति प्रधानमन्त्री केपीशर्मा ओलीले दुख व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएको छ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

भोली बिहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बसमा नाईट भिजन हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु। , प्रधानमन्त्रीको ट्वीवटमा लेखिएको छ ।

Leave a Reply